रेणु दाहाललाई घरबाट थुतेर बाहिर निकाल्छु, चितवनबाटै बहिस्कार गर्छु भन्दै ठाडो चुनौती [ भिडियो सहित ]

काठमाडौं। भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको चरित्र हत्या गर्ने नियतले सामाजिक सञ्जालमा सामग्री पोष्ट हुन थालेपछि त्यसविरुद्द प्रहरी सक्रियताको माग उठेको छ। शनिबारका दिन ज्ञानेन्द्र शाहीमाथि चितवनमा आ’क्रमण भएपछि शाही समर्थकहरुले रेनु दाहालको चरित्र ह’त्या गर्न खोजेका हुन्। शाही समर्थकहरुले रेणु दाहालमाथि अश्लिल गा’ली गलौज गर्नुका साथै सामाजिक सञ्जालमा अपाच्य तस्वीर र अन्य सामग्री पोष्ट गरेका छन्।

जननिर्वाचित मेयरविरुद्ध गरिएको यस्ता हर्कतविरुद्ध नेपाल प्रहरीले सक्रियता देखाउन नसकेको भन्दै प्रहरीको समेत आलोचना गरिएको छ। शाही समर्थकहरुले उक्त घटनामा रेणु दाहालको हात रहेको भन्दै उनको आलोचना गरेका हुन्। रेणु दाहालसँगै नेकपा अध्यक्ष प्रचण्डलाई समेत जोडेर आलोचना गरिएको देखिन्छ। यसै बीच ज्ञानेन्द्र शाहीका समर्थकले काठमाडौँको ट्रमा सेन्टरबाट बोल्दै मेयर दाहालमाथि आक्रोस पोखेकी छिन । दाहाललाई घरबाटै थुतेर चितवन जिल्ला बाट बहिस्कार गर्ने उनि बताउछिन । पुरा भिडियो तल हेर्नुहोला ।

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो । तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो । यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

यो पनि पढ्नुस : ज्ञानेन्द्रलाई कुट्दा दिपक राजदेखि माग्नेले लेखे यस्तो स्टाट्स !
‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएपछि समाजिक संजाल तातेको छ । भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लाग्दा स्थानिय प्रशासनले नदिएपछि होटल फर्कने क्रममा गाडीमै शाहीमाथि आक्रमण भएको थियो । आक्रमणपछि अशक्त घाइते भएका ज्ञानेन्द्रको समर्थनमा सामाजिक संजालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् । ज्ञानेन्द्रमाथि आक्रमण भएपछि केदार घिमिरे उर्फ माग्ने बुढाले ‘भ्रष्टाचारको बिरुद्ध बोल्नेलाई मुक्का । दुई तिहाईको उपहार केवल उखान टुक्का । लोकतन्त्रमा फरक मत’ भन्दै प्रतिक्रिया दिएका छन् । त्यसैगरि, दिपक राज गिरीले फेसबुकमा लेखेका छन् ‘आज पारसले पिटे, ज्ञानेन्द्र ले पिटाइ खाए । पहिलो घटनाले सबै खुशि, दोश्रो मा कोहि खुशि कोहि दुखि ।’

हाँस्य कलाकार मनोज गजुरेलले ‘कुटपिट र अवरोधले ‘अभियानहरु’ सकिन्नन् कमरेड ! राजनैतिक र प्रशासानिक क्षेत्रको भ्रष्टाचार उखेल्दिनुस् न, बिरोध र अराजकता आफैं बन्द हुन्छ नि । ज्ञानेद्र शाहीको प्रस्तुती र शैलीको बारेमा फरक मत होला । तर, उनको बिरोधमा बाहुबलको प्रयोग र प्रबेश निषेधको राजनीति गलत हो । प्रश्नहरुको जवाफ राम्रा कामले दिनुपर्छ, कुटपिट र अवरोध गरेर हैन । नत्र के फरक भयो र !’ भन्दै आक्रोश पोखेका छन्

सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो । शाहीको टोली गाडीबाट आउने तयारीका लागि चौविसकोठीको होटल ग्लोबलमा मात्र के पुगेको थियो, युवाहरुको समूहले आक्रमण र्गयो । हाइस गाडीमाथि ढुंगामुढा भयो । हातमा ढुंगा, इट्टा तथा रड बोकेका युवाहरुले शाहीलाई लक्षित गरी अन्दाधुन्ध हानेको गाडीमा रहेकाहरु बताउँछन् । ‘ढुंगैढुंगाले हान्यो, रडले समेत हाने’ गाडीमा रहेका एकले भनेका छन् ।

प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार १३:१५

हामीलाई फेशबुकमा लाइक गर्नुहोस