“समाजको वास्तविकता चिर्दै टेलि शिरियल हंगामा ”:-निर्माता जयराम कार्की (भिडियो सहित )

काठमाडौ । अतिथी मिडियाको प्रस्तुतिमा हरेक बुधवार ७:२५ बजे नेपाल टेलिभिजन बाट प्रशारण हुँदै आएको हास्य टेलि शृङ्खला हंगामाले समाजको वास्तविकतालाई जस्ताको तस्तै चिर्दै आएको छ । समाजमा भएका विकृति र कु-संस्कारको रचनात्मक ढंग बाट कला मार्फत बिद्रोह गर्दै आएको यश टेलि शृङ्खलाले कम समयमा नै धेरै दर्शकको मन जित्न सफल भएको छ ।

छोटो समयमै दर्शको मन मुटुमा बस्न सफल यस टेलि शृङ्खलाको लेखन र निर्देशन शिव शर्मा र जयराम कार्कीको रहेको छ । अनुभवी र चर्चित कलाकारहरूको अभिनयका र अब्बल लेखन र निर्देशनका कारण नै हंगामाले छोटो समयमा नै धेरै माया पाउन सफल भएको निर्माता तथा कलाकार जयराम कार्की बताउछन् ।

अनुभवी तथा बरिस्ठ कलाकारहरू लक्ष्मी गिरी, शिबहरी बैरागी, धनराम मुस्कान, मन्जु श्रेष्ठ शिव शंकर रिजालको साथमा, यादब थापा, अमृता श्रेष्ठ, गोबिन्द अर्याल र बिपिन अनुरागी र छुच्ची नानीको नामले परिचित रूपा सुनार लगायतका कलाकार हरूको बेजोड अभिनयले हंगामा निकै राम्रो बन्न सफल भएको छ । साथै छंयाकनमा र अनिल कट्वाल र सम्पादनमा राजेन्द्र मानन्धरको बलियो साथले पनि हंगामालाई यो स्थानमा ल्याउन मद्दत पुर्‍याएको छ । सबैको मिहेनतले नै हंगामा कमेडिको फुलडोज बन्न सफल भएको हंगामाका निर्माता जयराम कार्कीले छुच्चीनानी शो डटकमका सम्बादातालाई बताए ।

हंगामा टेलि शृङ्खलाले हरेक हप्ता समसामयिक विषयबस्तु लाई समेट्दै राज्यको बिसङ्गती र बेथिती माथी ब्याङ्ग्या प्रहार गर्दै आएको छ । सोही क्रममा यस साता भने लोटरी परेको भन्दै मोबाईलमा मेसेज गर्ने र लोटरीको पैसा प्राप्त गर्न शुरूवातमा आफैले खर्च गर्नुपर्ने भन्दै जनतालाई ठगेको कुरालाई प्रस्तुत गर्दै यस्तो खालको ठगी बाट बच्नका लागि सबैलाई अनुरोध गर्दै यो बिषयलाई समाबेश गरेको निर्माता जय राम कार्कीले बताउनु भयो ।

“दर्शकलाई मनोरञ्जन दिने मात्र उदेश्य नभई मनोरञ्जनको माध्यम बाट केही जनचेतना र सुचना पनि दिन सकियोस भन्ने उदेश्यका साथ हंगामा टेली शृङ्खला निर्माण गरिएको निर्माता तथा समाजसेवी जयराम कार्कीले बताउनु भयो । नौ भाग सम्म आईपुग्दा दर्शक बाट पाएको मायाको कदर गर्दै अझै हंगामालाई अझै धेरै राम्रो बनाउने प्रयासमा रहेको र त्यसको लागि सम्पुर्ण दर्शक हरूको निरन्तर मायाको खाचो रहेको निर्देशक शिव शर्माले जानकारी दिए ।
भिडियो हेर्नू होस ।

प्रकाशित मिति २ आश्विन २०७६, बिहीबार ११:४०

हामीलाई फेशबुकमा लाइक गर्नुहोस