“कमेडिको फुल डोज हंगामा”:- जयराम कार्की (भिडियो सहित)

काठमाडौ । अतिथी मिडियाको प्रस्तुतिमा केहि समय देखि नेपाल टेलिभिजन बाट प्रशासनमा आएको हास्य टेलि शृङ्खला हंगामाले दर्शकको मन जित्दै आएको छ । हरेक बुधबार बेलुकी ७:२५ बजे नेपाल टेलिभिजन बाट प्रशासन हुँदै आएको हंगामा टेलि शृङ्खलाले आठौं भागमा आइपुग्दा सम्म सोचे भन्दा बढी दर्शकको माया पाउन सफल भएको निर्माता जयराम कार्कीले बताए ।

छोटो समयमै दर्शको मन मुटुमा बस्न सफल यस टेलि शृङ्खलाको लेखन र निर्देशन शिव शर्मा र जयराम कार्कीको रहेको छ । अनुभवी र चर्चित कलाकारहरूको अभिनयका र अब्बल लेखन र निर्देशनका कारण नै हंगामाले छोटो समयमा नै धेरै माया पाउन सफल भएको निर्माता तथा कलाकार जयराम कार्की बताउछन् ।

अनुभवी तथा बरिस्ठ कलाकारहरू लक्ष्मी गिरी, शिबहरी बैरागी, धनराम मुस्कान, मन्जु श्रेष्ठ शिव शंकर रिजालको साथमा, यादब थापा, अमृता श्रेष्ठ, गोबिन्द अर्याल र बिपिन अनुरागी र छुच्ची नानीको नामले परिचित रूपा सुनार लगायतका कलाकार हरूको बेजोड अभिनयले हंगामा निकै राम्रो बन्न सफल भएको छ । साथै छंयाकनमा र अनिल कट्वाल र सम्पादनमा राजेन्द्र मानन्धरको बलियो साथले पनि हंगामालाई यो स्थानमा ल्याउन मद्दत पुर्‍याएको छ । सबैको मिहेनतले नै हंगामा कमेडिको फुलडोज बन्न सफल भएको हंगामाका निर्माता जयराम कार्कीले छुच्चीनानी शो डटकमका सम्बादातालाई बताए ।

हंगामा टेलि शृङ्खलाले हरेक हप्ता समसामयिक विषयबस्तु लाई समेट्दै राज्यको बिसङ्गती र बेथिती माथी ब्याङ्ग्या प्रहार गर्दै आएको छ । सोही क्रममा यस साता भने नेपालमा फैलिएको डेङ्गु रोगबाट कसरी बच्ने भन्ने सम्बन्धमा र रोग लागेका नेता र जनता बिचको अन्तरलाई देखाउन खोजेको निर्माता जय राम कार्कीले बताउनु भयो । आठौं भाग सम्म आईपुग्दा दर्शक बाट पाएको मायाको कदर गर्दै अझै हंगामालाई अझै धेरै राम्रो बनाउने प्रयासमा रहेको र त्यसको लागि सम्पुर्ण दर्शक हरूको निरन्तर मायाको खाचो रहेको निर्देशक शिव शर्माले जानकारी दिए । भिडियो हेर्नू होस ।

प्रकाशित मिति २५ भाद्र २०७६, बुधबार १५:१६

हामीलाई फेशबुकमा लाइक गर्नुहोस