विप्लवका छोरा प्रकाश चन्द पक्राउ,यस्तो छ कारण !

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द क्राउ परेका छन् । उनी चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

यो पनि चन्द्रयान–२ को असफलतापछि मोदीले के भने ?
एजेन्सी । चन्द्रयान–२ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेको छ । चन्द्र धरातलबाट २.१ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको हो। भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । सबै सामान्य भएकाले वैज्ञानिकहरु उत्साहित देखिन्थे तर अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि भने उनीहरु निरास भएका थिए।

विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ । तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ । तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ । तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा तपाईँहरुको साथमा छु ।’भारतीय वैज्ञानिकका लागि आजको दिन अन्तरिक्षको अनुसन्धानका लागि एउटा कोशेढुंगा सावित हुँदै थियो । पूरा विश्वको ध्यान चन्द्रयान–२ मा थियो । बिहान साढे एक बजे चन्द्रयान–२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाको सतहमा उत्रँदै थियो ।

यो पनि भाइरल भएकी ११ बर्षीय कमलाले पाईन नसोचेको सहयोग,धमलाको श्रीमती एलिजाले १२ सम्म सित्तैमा पढाउने
मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी यो समय युटुबमा अत्याधिक भाइरल भएको छ।उनले गाएको सबै गीतहरु भाइरल भए संगै उनि यो बेला राजधानी आएकी छिन।उनि राजधानी आए संगै पत्रकार ऋषि धमल र उनकी पत्नी एलिजाले अब उनले पढ्ने सबै खर्च आफुले बेहोर्ने जानकारी दिएकी छन।लालीगुराँस डटकममा कुराकानी गर्दै उनीहरुले सबै खर्च बेहोर्ने परतिबद्धता जायर गरेका छन।

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन। अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।हेरौ यो दोहोरी पनि :

प्रकाशित मिति २५ भाद्र २०७६, बुधबार ०५:४३

हामीलाई फेशबुकमा लाइक गर्नुहोस