कृष्णले जोडे हात-खुट्टा: बने यती हेन्डसम, रुपा दंग ! (भिडियोसहित)

कृष्ण ओलीका दुवै हात जोडिएका छन् । कृष्णले आफ्नो दाँया हातमा अटोबकको ‘बि बायोनिक ह्याण्ड’ जोडेका छन् । चेम्बुरको बिकास सेन्टरमा रहेको अटोबक हेल्थकेयरमा कृष्णका हात जोडिएका हुन् । यो हेल्थकेयर मुम्बईमा रहेको छ । कृष्ण मुम्बई पुगेपछि अटोबकद्वारा निर्माण गरिएको खुट्टा पनि फेरेका छन् । उक्त खुट्टाले कृष्णलाई हिड्डुल सहज भएको बताए ।कृष्ण र रुपा गत श्रावन पहिलो हप्ता देखि हात जोड्ने प्रोसेसमा मुम्बई रहेका छन् । हात जोडी सकेपछि पनि हात चलाउन लामो अभ्यास र तालिम चाहिने हुँदा यस सम्बन्धित विशेषज्ञहरु संगै कृष्ण अभ्यासमा छन् ।

अटोबक हेल्थकेयरले कृष्णलाई हात कसरि चलाउने भन्ने बारे प्रत्यक दिन अभ्यास गराउदै आएको छ । कृष्ण मुम्बई पुगेपछि अटोबकद्वारा निर्माण गरिएको खुट्टा पनि फेरेका छन् । उक्त खुट्टाले कृष्णलाई हिड्डुल सहज भएको बताएका छन् । कृष्णको हात जोडिरहेको जर्मनीको अटो बक्स हेल्थकेयर हो । एसियाको मुख्य कार्यलय चेम्बुरको बिकास सेन्टर मुम्बईमा रहेको छ ।

के हो अटोबक बि-बियोनिक ह्याण्ड ?
जर्मनीको कम्पनि अटोबक हेल्थकेयरद्वारा निर्मित कृतिम हात हो ‘अटोबक बि-बियोनिक ह्याण्ड’ (Ottobock Bebionic Hand) । यो हात नाडीको भागदेखि पुरै फुल राउण्डमा घुम्ने गर्छ । कृतिम हात मसलको सेन्सरबाट चलाइन्छ । प्रत्येक औंलामा मोटर्स जडान गरिएको छ । उक्त हातले सेन्सरको इशारामा समन्वय गर्दै पकड्न वा अन्य सरल कार्य गर्न सक्दछ । कृतिम हात ‘अटोबक बि बायोनिक ह्याण्ड’ विश्वभर धेरै उपयोगी मानिन्छ । बि-बियोनिक ह्याण्डले व्यक्तिको दैनिकि कार्य गर्न सक्नेगरि डिजाइन गरीएको छ । खाना खान, झोला बोक्न, ढोका खोल्न, बत्तीको स्विच थिच्न, टाइप गर्न, लेख्न र जुत्ता लगाउने लगायतका सरल कार्यहरु गर्न मद्दत गर्छ । अटोबकले हातहरु तीन अलग आकारमा उपलब्ध गराएको छ र यसमा व्यक्तिगत आवश्यकता अनुरूप मनपर्ने मल्टिपल विकल्पहरू रहेका छन्। हेर्नुहोस भिडियो कृष्णको अभ्यास!

यो पनि चन्द्रयान–२ को असफलतापछि मोदीले के भने ?
एजेन्सी । चन्द्रयान–२ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेको छ । चन्द्र धरातलबाट २.१ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको हो। भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । सबै सामान्य भएकाले वैज्ञानिकहरु उत्साहित देखिन्थे तर अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि भने उनीहरु निरास भएका थिए।

विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ । तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ । तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ । तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा तपाईँहरुको साथमा छु ।’भारतीय वैज्ञानिकका लागि आजको दिन अन्तरिक्षको अनुसन्धानका लागि एउटा कोशेढुंगा सावित हुँदै थियो । पूरा विश्वको ध्यान चन्द्रयान–२ मा थियो । बिहान साढे एक बजे चन्द्रयान–२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाको सतहमा उत्रँदै थियो ।

प्रकाशित मिति २३ भाद्र २०७६, सोमबार १४:४४

हामीलाई फेशबुकमा लाइक गर्नुहोस