भाइरल भएकी ११ बर्षीय कमलाले पाईन नसोचेको सहयोग,धमलाको श्रीमती एलिजाले १२ सम्म सित्तैमा पढाउने

मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी यो समय युटुबमा अत्याधिक भाइरल भएको छ।उनले गाएको सबै गीतहरु भाइरल भए संगै उनि यो बेला राजधानी आएकी छिन।उनि राजधानी आए संगै पत्रकार ऋषि धमल र उनकी पत्नी एलिजाले अब उनले पढ्ने सबै खर्च आफुले बेहोर्ने जानकारी दिएकी छन।लालीगुराँस डटकममा कुराकानी गर्दै उनीहरुले सबै खर्च बेहोर्ने परतिबद्धता जायर गरेका छन।

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन। अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।हेरौ यो दोहोरी पनि :

यो पनि ‘गलबन्दी’मा ११ वर्षे कमलाको धमाकेदार दोहोरी (भिडियो)
धादिङ: दोहोरी गीत त्यो पनि ‘लाइभ’ गाउन जो कोहीले सक्दैन। तर धादिङ नीलकण्ठ नगरपालिका– १२ की ११ वर्षीया बालिकाले प्रत्यक्ष दोहोरी गाउँदै सबैलाई चकित पारिन्। नीलकण्ठ नगरपालिका–१२ को पशुपति माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत कमला घिमिरेले तीजको अवसरमा आयोजित तीज गीत प्रतियोगिताको कार्यक्रममा दोहोरी गाएकी हुन्। स्थानीय प्रगतिशील आमा समूहले तीज गीत प्रतियोगिता आयोजना गरेको थियो। कमलाले प्रतियोगिताका निर्णायक तथा गायक अमृत सापकोटासँग अहिलेको चर्चित दोहोरी ‘गलबन्दी’ भाकामा दोहोरी गाएकी हुन्।

गायक सापकोटाले भने, ‘मैले कार्यक्रममा एक दुईवटा गीत गाएको थिएँ, त्यो सुनेर उनले मसँग दोहोरी गाउने कुरा ठुलोममी मार्फत सुनाइन्।’ सुरुमा सानी नानी के गीत गाउलिन् र भन्ने लागेको भएपनि गीत सुरु गर्दादेखि नै आफू चकित भएको गायक सापकोटाले बताए। कमलाले गाएको दोहोरी युट्युब च्यानलहरूले अपलोड गरेपछि उनको चर्चा भइरहेको छ। दोहोरी चर्चित भएपछि उनलाई युट्युबरहरूले पच्छ्याउन थालेका छन्। चौतारीको वर भाकामा उनको अर्को दोहोरी पनि मंगलबार मात्रै युट्युबमा सार्वजनिक भएको छ।विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले विद्यालयमा आयोजना हुने गीत प्रतियोगितामा कमलाले जहिले पनि पुरस्कार जित्ने गरेको बताए। कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुने गरेको उनको परिवारले जनाएको छ।

प्रकाशित मिति २२ भाद्र २०७६, आईतवार १४:५९

हामीलाई फेशबुकमा लाइक गर्नुहोस