शिल्पा पाेखरेलले फेरि गरिन् बिहेः आखिर काे सँग गरिन् त ? (हेर्नुहोस भिडियो)

पाेखरा – निकै लामो प्रतीक्षापछि नेपाली सिने जगतमा साहित्यिक कृतिमा आधारित रहेर “आर्या” चलचित्र निर्माण भैइरहेकाे छ । उपन्यासकार लक्ष्मण सिटौलाको आर्या उपन्यासमा चलचित्र आर्या उपेन्द्र तिमील्सिनाले निर्देशन गरेका हुन्। ।अविरल बग्दछ इन्द्रावतीका जल्दाबल्दा कलाकार शोबिते नामबाट चिनिने एक पात्र आज आफ्नै सोलो निर्देशनमा आर्या लिएर डेब्यु गर्दैछन। बनिरहेका चलचित्रको तातिमा अब्बल दर्जाको बिषय बस्तुको उठान भएको र कसैले पनि नभनेको नउतारेको, भन्ने साहास नगरेको , राणा कालखण्डको एउटा अब्यक्त कमजोरीको बल्ल पाटो अब खुल्दैछ थुप्रै नेपाली चलचित्रमा सहनिर्देशक भएर काम गरिसक्नुभएका निर्देशक उपेन्द्र तिमिल्सिनाले यो चलचित्रमा आफ्ना कार्यकौशलताको अधिकतम उपयोग गर्दैछन।

हिजोआज बनिरहेका सिनेमाको कथाबस्तु फितलो र गम्भीर नहुने आरोप खेपिरहेको नेपाली चलचित्र उद्योगमा एउटा गम्भीर र संबेदनशील कथाबस्तु बोकेर चलचित्र ल्याउने जमर्को गर्दैछन प्रोडुसर धर्मराज श्रेष्ठले । सामाजिक अभियन्ताका रूपमा परिचित अमेरिका निवासी श्रेष्ठले आफ्नो सेवाको आदि थलोलाइ नेपाल नै चुनेका छन ।बिषय बस्तु सामाजिक , नारी यौन मनोदशा र कारुणिकतामा चलचित्र उभिदैछ । नेपाली नारीमाथि राणा कालमा भएको यौन शोषण र ज्यादतीको पक्षलाई अति सुक्ष्म ढंगले अभिव्यक्ति दिने काम गर्नेछ यो चलचित्रले । नेपालमा अझैसम्म पनि नारीहरु यौन शोषणबाट मुक्त हुन सकेका छैनन। अझै पनि गाउँघर बाट अभिजात्य बर्गले कलीला चेलीबेटी शहरमा ल्याएर फरक ढंगले यौनदासी बनाइरहेका छन, यो कर्तुतको अन्त हुनुपर्छ भन्ने दरो आवाज लिएर आउदै छ चलचित्र आर्या ।

आर्या उपन्यासबाट चलचित्र निर्माण हुँदै छ र यो उपन्यासमाथी त्रिभुवन बिश्वबिधालय डिग्री लेभलमा थेसिस भइ अमेरिकाबाट अग्रेजीमा समेत प्रकाशन हुदैछ । दिव्यराज सुवेदीको छायाँकनमा बन्ने यो चलचित्रमा शिल्पा पोखरेल, अनुपविक्रम शाही, रवि गिरी, सुशील पोखरेल, गीता अधिकारी र निरन्जन शर्माको अभिनय रहने भएको छ । चलचित्र आर्यामा लक्ष्मण सिटौलाको गीत र लेखन रहेको छ भने राम सिटौलाको संगीत रहेको छ ।म्युजिक खबरको सहयोगमा तयार भएकाे हाे।
कुराकानी हेर्नुहोस :

यो पनि चिनियाँ ह्याकरले झोलामा नअटेको पैसा गार्डलाई दिए, पक्राउपछि पनि हँसिलो अनुहार !
काठमाण्डौ – शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी नेतृत्वको टोली तत्कालै दरबारमार्गमा पुग्यो । प्रहरी दरबारमार्गमा पुग्दा चिनियाँ नागरिक झु लियाङगाङले एटीएमबाट झिकेको पैसा झोलामा खाँद्दै थिए । उनलाई प्रहरीले त्यहाँबाट उम्कन दिएन । प्रहरीले उनीबाट थप जानकारी हात पार्‍यो र उनलाई नै लिएर अरु एटीएम कार्डबाट अवैध रुपमा पैसा झिक्ने चिनियाँसम्म पुग्यो ।

हात्तीसारमा रहेको जय नेपाल फिल्म हलनजिकै रहेको होटल माया मनोहर बुटिकमा अरु ४ जना चिनियाँ नागरिक पनि भेटिए । उनीहरु सबै नेपालमा नक्कली एटीएम र पिन प्रयोग गरेर पैसा निकाल्नकै लागि शुक्रबार मात्रै काठमाण्डौ आएका थिए । प्रहरी पुग्नुअघि नै उनीहरुले माया मनोहर छाडेर अर्को होटलमा जाने तयारी गरिरहेका थिए । तर प्रहरीले लिफ्टबाटै पक्राउ गर्‍यो । त्यसपछि उनिहरुका झोला खोलियो । सबै झोला पैसाले भरिएका थिए । केही पैसा बेडमा अनि साना–साना झोलामा थिए । प्रहरीले दरबारमार्गका १ जनासहित ५ जनालाई पक्राउ गर्‍यो । उनीहरुको साथबाट १ करोड २६ लाख रुपैयाँ बरामद भएको छ ।

यस्तै १ सय ३२ वटा नक्कली भिसा कार्ड र १७ वटा सक्कली भिसा कार्ड पनि बरामद भएको छ । यस्तै उनीहरुको साथबाट १ करोड २६ लाख रुपैयाँसहित अमेरिकन डलर ९ हजार १ सय ८, चिनियाँ मुद्रा ११ सय ९१ युआन, २ सय ५० युरो, क्याम्बोडियन ५ हजार, हङकङ डलर ८० पनि बरामद भएको छ । अहिलेसम्म ठ्याक्कै कति रकम झिकियो भन्ने खुलेको छैन । नेपाल राष्ट्र बैंकले अहिलेसम्म १ करोड ६८ लाख रुपैयाँ रकम अनधिकृत रुपमा झिकिएको भेटिएको र थप अनुसन्धान भैरहेको जनाएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशक बमबहादुर मिश्रले उनीहरुले कति रकम झिकेका हुन् भन्ने अझै टुंगो नलागेको जानकारी दिनुभयो ।चिनियाँहरुले पैसा झिक्नका लागि प्रभू, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आईएमई, र सनराइज बैंकको कार्ड प्रयोग गरेका थिए । उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लुटेराले झोलामा नअटेको पैसा गार्र्डलाई दिए,
पक्राउपछि पनि हँसिलो अनुहार ! महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार उनीहरुले केही रकम एटीएम नजिकैका सुरक्षा गार्डलाई समेत फालिदिएका थिए । ‘उनीहरुले पैसा झिकेछन्, सुटकेसमा नअटेपछि नोटका केही बिटा गार्डलाई दिएको बताएका छन्, हामीले गार्डलाई दिएको पैसा फिर्ता गर्नुपर्छ भन्ने बयान दिएका छन्, को गार्डलाई दिए र कति वटा बिटा फालेका हुन भन्ने त अनुसन्धानपछि नै थाहा होला’, सुवेदीले भन्नुभयो । एटीएमबाट पैसा झिकेर पक्राउ परेका चिनियाँ नागरिकमा कुनै निराशा नदेखिएको पनि वरिष्ठ उपरीक्षक सुवेदीले बताउनुभयो । ‘चिनियाँ भाषा हामीले बुझ्दैनाैँ, दोभासे प्रयोग गरेर हामीले सोधपुछ गर्‍यौँ, उनीहरु कोही पनि निराश देखिँदैनन्, १ जना अलिअलि चिन्तामा देखिन्थे, अरु चार जना त हाँसिखुसी नै देखिन्छन्, हामी अचम्ममा छौँ’, सुवेदीले भन्नुभयो ।

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार १५:००

हामीलाई फेशबुकमा लाइक गर्नुहोस