एकदिन व्रत बसेर श्रीमान्‌काे आयु लामाे हुन्छ भन्ने विश्वास लाग्दैनः ऋचा शर्मा

ऋचा शर्मा
मलाई तीज एकदमै मन पर्ने चाड हो । यो महिलाको मुख्य पर्व हो । म आफू शिवभक्त भएर पनि होला, मलाई तीज निकै रमाइलो लाग्छ । एक महिना अघिदेखि तास खेलेर दसैं मनाइछ भने तीज पनि एक महिना अघिदेखि दर खाएर, नाचगान गरेर मनाउँदा मलाई केही नराम्रो लाग्दैन । ३ सय ६५ दिन नै घरपरिवारको सेवामा समर्पित हुने महिलाका लागि यो समय आफूलाई सबै कुराबाट टाढा राखेर रमाउने, नाचगान गर्ने, दिदीबहिनी भेटघाट गर्ने पर्व पनि हो यो । आफूसँग भएको भन्दा धेरै देखाउन चाहने, देखासिकी गर्नेे तीजमा मात्र नभई अन्य चाडपर्व, बिहे, तथा विभिन्न सभा समारोहहरूमा पनि हुन्छ । यसलाई तीजमा आएको विकृति भनेर भन्न मिल्दैन ।

हाम्रो समाज त्यसरी नै विकिसित हुँदै आएको हो । गहना र कपडा प्रदर्शन गर्ने त हाम्रो परम्परा नै हो । आफूसँग लाउन सक्ने क्षमता हुँदा त ठिकै हो, तर ऋण गरेर तामझाम, देखासिकी गर्नुचाहिँ गलत नै हो । अहिले त नयाँ लुगा, गहना जसरी पनि किन्नैपर्ने भएको छ । यो एउटा सामाजिक दबाबजस्तै भएको छ । म अहिलेसम्म तीजमा व्रत बसेकी छैन । तर व्रत बस्ने महिलालाई नराम्रा हुन्, व्रत बस्नु नराम्रो हो भनेर भन्न खोजेको पनि होइन । एक दिन व्रत बसेर श्रीमान् वा हुनेवाला श्रीमान्को आयु तथा स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ ।

त्यसमाथि मलाई यो पुरुषहरूको खुट्टाको पानी खानु त अत्ति नै लाग्छ । म यसको विरोध गर्छु । महिलावादीहरू तीजको विरोध गर्छन् होला । यसलाई नराम्रो किसिमले व्याख्या गर्छन् होला । तर मचाहिँ त्यस्तो केही भन्दिनँ । यदि कसैलाई श्रीमान् वा हुनेवाला श्रीमान्को आयु लामो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ भनेर व्रत बस्छन् भने त्यो ठिकै हो । आआफ्नो आस्थाको कुरा हो । कसैलाई कुनै पनि कुरामा आस्था राखेर मन शान्ति हुन्छ, राम्रो अनुभव हुन्छ भने त्यो मान्नुपर्छ । तर, जबर्जस्ती आफ्नो आस्था अरूमा लाद्नु हुँदैन । यदि म कुनै काम गर्दा खुसी छैनँ, अरूले जबर्जस्ती गरेको भरमा मात्र का गर्दै छु भने मलाई लाग्दैन कि त्यो कर्म गरेर मैले धर्म कमाउँछु।

यो पनि नबिल बैंकले यसरी थाहा पायो एटीएमबाट पैसा चोरदै गरेको
काठमाडौ । बैंकले एटीएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडबढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर सार्वजनिक बिदाको दिनसमेत २४ घण्टै आफ्ना कर्मचारीलाई खटाएको हुन्छ। त्यतिबेला नबिल बैंकले पनि आफ्ना कर्मचारी खटाएको थियो । बैंकले शनिबार बिदा पर्ने भएकाले शुक्रबार एटीएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ।

तर, शनिबार नै नबिल बैंकको कमलादीका दुवै एटीएम खाली भएको देखियो। अस्वाभाविक रूपमा एटीएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरेका थिए। सुपरभाइजर अफिस आएर हेर्दा प्रभु बैंकको १२र१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको देखियो। त्यसपछि बैंकले सीसीटीभी क्यामराको फुटेज हेर्यो ।

सोही समय एनआईसी एसिया, जनता,ग्लोबल आईएमई र सनराइज बैंकको पनि कार्ड घोटिएको देखिएको छ सीसीटीभीमा स्कुल जाने ब्याग जस्तोमा पैसा झिक्दै हालेको देखियो। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ। उनीहरू विदेशी भएको त्यसैबेला थाहा भयो । कमलादी शाखाबाट पैसा झिकेका ती व्यक्ति नै नबिल बैंकको दरबारमार्ग तीनधारा स्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए।

त्यसबेला सीसी टीभी लाइभ थियो। लाइभमै तिनीहरूले पैसा झिकेको थाहा भए पछि बैंकले सुरक्षा गार्डलाई प्रयोग गरेर एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। सो समय यस घटनाको रिपोर्टिङ अरू बैंकलाई समेत भइसकेको थियो । प्रभु बैंकले थाहा पाउनेबित्तिकै सबैभन्दा पहिले प्रहरीलाई खबर गर्यो । त्यसपछि अन्य चार जना होटलबाट पक्राउ परेका थिए। उनीहरूको साथबाट १ करोड ४० लाख रुपैयाँ बरामद गरिएको थियो ।

अझै केही चिनियाँ फरार रहेको प्रहरीको अनुमान छ। त्यसपछि तत्काल नबिल बैंकले प्रभु बैंकको कार्ड प्रोसेस गर्ने नेप्सलाई पनिखबर गरिदियो। नबिल बैंकका कर्मचारीले एटीएम खाली भएको विषयलाई सामान्य रूपमा हेरेको भए मात्र पनि यो घटनाबारे आइतबार दिउँसो मात्र थाहा हुन्थ्यो । कर्मचारीले तत्कालै किन भयो भनेर हेरेका कारण बैंकहरूबाट थप पैसा निस्किन पाएन। नबिलको एटीएमबाट करिब ७० लाख रुपैयाँ जति पैसा निकालिएको छ ।

बाँकी पैसा अन्य बैंकबाट निकालिएको छ। प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरू मुख्य योजनाकार होइनन् । उनीहरूले लुटेको पैसामा १० प्रतिशत कमिसन पाउने समझदारी भएको देखिन्छ । नेपाली पैसा लुटेर त्यसलाई डलरमा परिवर्तन गर्ने काममा भने केही नेपाली पनि संलग्न हुन सक्ने अनुसन्धानमा देखिएको छ । पैसा लुटेपछि केहीले भने विभिन्न मनिचेन्जरमा गएर सटही गर्ने काम समेत गरेका थिए।

प्रकाशित मिति १७ भाद्र २०७६, मंगलवार ०६:५८

हामीलाई फेशबुकमा लाइक गर्नुहोस