रविको समर्थन गर्दै प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई गाली गर्दै मार्ने धम्की दिने व्यक्ति पक्राउ

काठमाडौंः प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभमा गाली गर्दै मार्ने धम्की दिने एक व्यक्ति बाराबाट पक्राउ परेका छन् ।

ती व्यक्तिले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिँदै फेसबुक लाइभमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै मार्ने धम्की दिएका थिए ।

फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई काट्छु, मार्छु भन्दै खुकुरी देखाएका थिए । अपशब्दसमेत प्रयोग गरेकाले ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा अपशव्द प्रयोग गर्ने, अभद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई पक्राउ गर्न टोली खटाइएको छ । शनिबार मात्रै अछामबाट एकजना युवा प्रहरी अधिकारीको फोटो बिगारेर फेसबुकमा हाल्दा पक्राउ परेका थिए ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १५:३४

हामीलाई फेशबुकमा लाइक गर्नुहोस