गहतराज संजालको राष्ट्रिय महाधिवेशन भाद्र ६ र ७

काठमाडौ । गहतराज संजालको राष्ट्रिय महाधिवेशन यहि भाद्र ६ र ७ गते सम्पन्न हुन गइरहेको छ । विधिवत रूपमा दर्ता भएको यस संजालको प्रथम राष्ट्रिय भेला केन्द्रिय तदर्थ समितीको निर्णय अनुसार हुन गइरहेको हो ।

“सु-संस्कार संस्कृति आफ्नै बेग्लै पहिचान ,सबै गहतराज एकै परिवार हाम्रो अभियान ” भन्ने मुल नाराको साथ अगाडी बढेको यस संस्थाको मुल उदेश्य भनेको सम्पुर्ण गहतराजहरूलाई एकीकृत गर्नु हो ।

नेपालै भरी छरिएर रहेका गहतराज हरूलाई एकै ठाउमा संगठित गरी आफ्नो समुदायको हितको लागि काम गर्ने उदेश्य लिएर यस संस्था अगाडी बढेको गहतराज संजाल केन्द्रिय तदर्थ समितीका उपाध्यक्ष तथा प्रदेश नम्बर -3 का संयोजक देबिन गहतराजले बताउनु भएको छ । साथै यस संजालको प्रथम महाधिवेशनलाई पुर्ण रूपमा सफल पार्न देशै भरीका गहतराजहरूलाइ एकभइ लागिदिन पनि उहाले आग्रह गर्नु भएको छ ।

गहतराज संजालको उदेश्य हरू:-

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०४:२२

हामीलाई फेशबुकमा लाइक गर्नुहोस