विप्लवले आफ्नै संगठन माथि लिए कडा एक्सन! अब के होला ?

प्रतिवन्धीत अवस्थामा रहेको नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।

केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कामान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

विप्लव नेकपाले विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यालाई जिम्मेवारीबाट हटाएर खुला मोर्चामा पठाएको छ । यो समाचार
सो पार्टीका एक नेताका अनुसार पार्टी कार्यकर्ताको सुराकी गरेको, जिम्मेवारी दिएको क्षेत्रमा नगएको भन्दै केहीलाई जिम्मेवारीबाट हटाइएको र केहीलाई बर्खास्त गरिएको छ ।

स्थायी कमिटीमा चन्द, हेमन्तप्रकाश ओली, खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगर थिए । चन्दबाहेकका चार जनालाई सचिवालय सदस्यको जिम्मेवारीमात्र दिइएको छ ।

पोलिटब्युरो सदस्यहरू भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ । पोलिटब्युरो सदस्य कृष्ण धमलालाई भने केन्द्रीय सदस्यको जिम्मेवारीबाट समेत हटाइएको छ ।

त्यसैगरी केन्द्रीय सदस्य रामप्रसाद तिमल्सिना, शंकर खडका, डीडी पाण्डे, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विश्वकर्मा, आजाद केसीलगायत १७ जनालाई केन्द्रीय सदस्यबाट हटाएको चन्द समूहका ती नेताले जानकारी दिए । ‘केही सदस्यले पार्टीभित्रको गोपनीयता भंग गरेको, सुराकी गरेको भन्ने उजुरी परेका छन्,’ उनले भने, ‘त्यही कारण पार्टीको शुद्धीकरण अभियान चलाइएको हो, पार्टीले तीनवटै कमिटीका सदस्यहरूलाई नयाँ ढंगले जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएको छ ।’
आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०५:३३

हामीलाई फेशबुकमा लाइक गर्नुहोस