डा. सुरेन्द्र केसीलाई करिष्माको चेतावनी

काठमाडौं। एक युट्युब च्यानलसंगको अन्तर्वार्ताका क्रममा विश्लेषक डा सुरेन्द्र केसीले बिनोद मानन्धरको बारेमा गरेको अप्ब्यख्याको बिषयमा नेपाली सिने जगतकी सदाबहार नायिका करिश्मा मानन्धरले प्रतिक्रिया दिएकी छन् । सामाजिक संजाल फेसबुकमा एक लामो स्टाटस अपडेट गर्दै करिश्माले डा केसीलाई आफ्ना श्रीमान बिनोद मानन्धरले ‘म करिष्मा मान्नधरको श्रीमान विनोद मानन्धर भन्दा कसरी मेरो श्रीमान विनोदको इज्जद घट्यो?’ भनेर प्रश्न गरेकी हुन् ।

उनले डा. केसी जस्तो विद्वान मानिसबाट त्यस्तो अभिव्यक्ति आउनु आफ्नो अन्दाज भन्दा परको कुरा भएको उल्लेख गरेकी छन् । ‘यदि करिश्मा के.सीले आफ्नो जात बद्लेर करिश्मा मानन्धर हुन सक्छ भने बिनोदजीले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?’, करिष्माको प्रश्न छ । त्यसैगरी स्टाटसमा करिष्माले आफ्ना पति बिनोद डा. केसी भन्दा कुनै कुरामा कम नभएको उल्लेख गर्दै आफू राजा जस्तो भएर हिँड्न खोज्ने मानिसले आफ्नी श्रीमतीलाई रानी जस्तो व्यवहार गर्ने बताइन् ।

‘बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन । सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाँले तपाईंले जस्तो अरुको नचाहिने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न’, करिष्माले लेखेकी छिन् । करिष्माको फेसबुक स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस्ः

प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार १३:४४

हामीलाई फेशबुकमा लाइक गर्नुहोस