यो पुल तरेर सिंहदरबार पुगे तर पुलले काँचुली फेरेन !

काठमाडौ-: दृश्यमा देखिएको उक्त पुलबाट मानिसहरु अवातजावत गर्छन भन्दा जो कहिलाई पत्याउन कठिन हुन सक्छ, तर वास्तविकता यहि हो ।

विशाल कर्णाली नदीको माथिबाट दैनिक ५ सय जना उक्त सिन्के पुलबाट वारपार गर्छन् । कालिकोट जिल्लाको पलाता गाउँपालिकालाई थिम्पु जोड्ने कर्णाली नदीमा रहेको दृश्य हो यो ।

रुखको हाँगा तथा फलामे डोरीको सहायताले बनाईएको उक्त पुलबाट दैनिक ५ सय जना जोखिमपूर्ण तरिकाबाट वारपार गर्ने गर्दछन् ।
मक्खिएको रुखका हाँगालाई टेक्दै मानिसहरु कर्णाली नदि पार गर्न बाध्य छन् । कुनै कारणवस खुट्टा चिप्लियो भने बाच्ने सम्भावना न्यून रहेको छ ।

उक्त पुलका कारण दैनिक जसो महिलाहरु पिडित छन् । उनीहरुले बोकेको घाँसको बारी कहिलेकाहीँ कर्णालीमा खस्छ भने कहिलेकाहीँ चामलको बोरा समेत खस्ने गर्छ ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०६:५३

हामीलाई फेशबुकमा लाइक गर्नुहोस