सन्दिपकाे ग्यारेजमा थपियाे बुलेट बाईक

नेपाली युवा बलर सन्दिप लामिछानेले नयाँ मोटरसाइकल खरिद गरेका छन । सन्दिपले आफ्नो बाईकको सूचीमा अर्को कम्पनीको बाईक थपेका छन ।

सन्दिपले आज (मंगलबार) बुलेट कम्पनीको सो रुपमबाट तीन सय ५० सीसीको क्लासिक गन मोडलको बुलेट बाइक खरिद गरेका छन । मेटल ग्रे कलरमा रहेको यो बाईकको नेपाली बजारमा ५ लाख १५ हजार रुपैया पर्छन ।

अष्ट्रेलिया तीन साता बसेर फर्किएको अर्को दिन नै बाईकका सौखिन सन्दिपले आफ्ना लागि तेस्रो वाई खरिद गरेका हुन । उनले यसअघि बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ।

उनीसँग टाटाले दिएकाे नेक्सस कारपनि रहेकाे छ ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार ०५:४९

हामीलाई फेशबुकमा लाइक गर्नुहोस