सबै भन्दा पहिला शिल्पा पोखरेलको अन्तरवार्ता लिएर विवादित बनेका पत्रकार अनुप आक्रोशित हुदै मिडियामा (भिडियो)

काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजु*री गरेपछि माहोल गर्माएको थियो । तर गत बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको थियो ।

शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् ।

उनीहरु बीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् । गाडीमा उनी रोइ रहेकी देखिन्थिन् । प्रतिक्रिया दिनुस भनेपछि शिल्पाले भनिन – ”मलाई जे पर्यो मैले भोगे, कसैलाई दुख्दैन मलाई मात्र दुख्छ, यदि कसैलाई त्यस्तै पिर परेको छ त्यस्तै पिडा परेको छ भने कृपया आउन सक्नु हुन्छ । म आए भने तपाईहरु पनि नडराई आउनु ।”

पछिल्लो पटक शिल्पा पोखरेलले छवी ओझालाई डिभोर्सको केस फाइल गरिसकेकी छिन । त्यो खबर सुनेर छबीले अझै पनि शिल्पासंगै जिउने भन्दै खुल्ला पत्र समेत लेखेका छन ।

छबी र शिल्पाको विषयले सामाजिक संजालमा निक्कै ठुलो क्रिया प्रतिक्रिया पनि चलेको छ । निक्कै हल्ला खल्ला पछी शिल्पा पोखरेललाई मिडियामा ल्याएर धुरुधुरु रुवाउने पत्रकार अहिले आलोचित बनेका छन । ति पत्रकार हुन् भट्टराई । उनले शिल्पा पोखरेललाई भाबुक बनाएको र साथ दिएको उनीमाथि आरोप लागेको छ । यस विषयमा अनुपसंग जिज्ञाशा राख्दा उनको प्रतिक्रिया यस्तो थियो । पुरा भिडियो हेर्नुहोस ।

प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार १५:५५

हामीलाई फेशबुकमा लाइक गर्नुहोस