नायिका शिल्पा पोखरेलमाथि मुकुन्देको यस्तो आरोप : रित्तै आएर सित्तैमा खाने ? छवि ओझामाथि अन्याय भयो (भिडियो सहित)

काठमाडौँ । नायिका शिल्पा पोखरेलले आफ्नो श्रीमान निर्माता छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजुरी गरेपछि माहोल गर्माएको थियो ।

तर गत बिहिबार मात्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको बिचमा महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको थियो । नायिका शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । विगतमा छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए ।

तर एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा पोखरेल चौथो श्रीमती हुन् । नायिका शिल्पा पोखरेलले निर्माता ओझाले निर्माण गरेको नेपाली फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् । महानगरीय प्रहरी परिसरमा उनीहरुबीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, निर्माता छवि ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि नायिका शिल्पा पोखरेल अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् ।

त्यस्तै, पछिल्लो पटक शिल्पा पोखरेलले छवी ओझालाई डिभोर्सको केस फाइल गरिसकेकी छिन । त्यो खबर सुनेर छबीले अझै पनि शिल्पासंगै जिउने भन्दै खुल्ला पत्र समेत लेखेका छन । छबी र शिल्पाको विषयले सामाजिक संजालमा निक्कै ठुलो क्रिया प्रतिक्रिया पनि चलेको छ ।

यसै क्रममा समसामयिक बिषयमा आफ्नो विचार प्रस्तुत गर्दै सामाजिक संजालमा आलोचना र चर्चामा आइरहने मुकुन्द घिमिरे मुकुन्देले छबी ओझा र शिल्पा पोखरेलको बिषयमा कडा तरिकाले आफ्नो धारणा राखेका छन् । सामाजिक संजालमा मुकुन्देले लेखेको पोस्ट यतिबेला निकै चर्चामा छ । के लेखेका थिए मुकुन्दे ले ?

“के छवि ओझालाई काहिंली स्वास्नीले छोडी भने यो नेपाल राज्य बिभाजन हुन्छ? के अब आकाश उत्तानो पर्छ? के अब धर्ती घोप्टो पर्छ? होइन भने बेकारमा केको हल्लाखल्ला? आफैं स्वास्नीपीडितहरु किन अर्काको सम्बन्धमा पण्डित बनिरहेका छन्? के डिभोर्समा मलामी चाहिन्छ र? के बिहेमा सलामी दिइएको थियो र?”

यो संगै एउटा युट्युब च्यानलमा मुकुन्देले शिल्प पोखरेल र छबी ओझाको बिषयमा बोलेका छन् । मुकुन्देले शिल्पा र छविको डिभोर्सको बिषयले सामाजिक संजाल तथा अनलाइन मिडियामा प्राथमिकता पाउनु अनावस्यक भएको बताएका छन् । यो संगै छविकै कारण शिल्पा अहिले यो स्थानमा पुगेको बताउदै उनले घरको सानो तिनो झगडालाई यसरि बढावा दिनुको कुनै औचित्य नभएको बताएका छन् । यो संगै शिल्पालाई रित्तै आएर सित्तैमा खाएको आरोप मुकुन्देको छ । थप भिडियोमा हेर्नुहोस:

प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०३:४५

हामीलाई फेशबुकमा लाइक गर्नुहोस