मुकुन्देले ओली सरकारसँग राखे अनौठो माग, पूरा होला त ?

विगत, वर्तमान र भविष्यका बारे सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबमा खरो टिप्पणी तथा विश्लेषण गर्दै आएका एवम् मुकुन्दल्याण्डका परिकल्पनाकार मुकुन्द घिमिरे उर्फ मुुकुन्देले राष्ट्र प्रमुखको फोटो मुद्धामा राख्नुपर्ने माग गरेका छन् ।

शनिबार फेसबुक स्टाटसमार्फत मुकुन्देले राष्ट्रपति विद्या देवी भण्डारीलाई शक्तिकेन्द्र नारायणहिटी दरबारमा स्थापित गराई विश्वको कान्छो गणतन्त्रकी राष्ट्रप्रमुखको तस्वीर सजाएर मौद्रिक नोट जारी गरिनुपर्ने माग गरेका हुन् ।

शनिबार फेसबुक स्टाटसमार्फत मुकुन्देले राष्ट्रपति विद्या देवी भण्डारीलाई शक्तिकेन्द्र नारायणहिटी दरबारमा स्थापित गराई विश्वको कान्छो गणतन्त्रकी राष्ट्रप्रमुखको तस्वीर सजाएर मौद्रिक नोट जारी गरिनुपर्ने माग गरेका हुन् ।

यो पनि
निर्मलाकी दिदी भन्छिन्, ‘सोचे जस्तो रिजल्ट आएन’

भवानी भट्ट

कञ्चनपुर । शैक्षिक सत्रको सुरुवातदेखि नै तनाव । सुरुमा बहिनी निर्मलाको बलात्कारपछि हत्या भयो । त्यसपछि हत्यारा पत्ता लगाउन निरन्तर आन्दोलन चर्कियो । घटनाले ठुलो रुप लिएपछि खाने बस्ने ठेगान नै भएन ।

आमा बुवा दिनहुँ न्यायको खोजीमा आन्दोलनमा जाँंदा निर्मलाकी दिदी मनीषाले पढने त समय नै पाइनन् । उनले एसईई परीक्षा दिदा पनि राम्रो तयारी गर्न पाइनन् । त्यसका बावजुद पनि उनले २ दशमलव २ जीपीए अंक ल्याएर एसईई उत्तीर्ण गरेकी छिन् ।

बिहिबार साँझ एसईईको नतिजा सार्वजनिक हुँदा उनलाई निकै डर लागिरहेको थियो । जब नतिजा हेरिन् मनमा केहि आशा पलायो । ‘राम्ररी पढ्न पाएको भए राम्रै नतिजा ल्याउन सकिन्थ्यो, तर यो नतिजाबाट म सन्तुष्ट भने छैन,’ मनीषाले भनिन्, ‘मैले पढ्नै नपाई परीक्षा दिएकी हुँ ।’ उनले विगतमा नर्सिङ पढ्ने इच्छा राखेकी थिइन् ।

तर अब नतिजा राम्रो नआएपछि बाणिज्य संकाय अध्ययन गर्ने सोच बनाएकी छिन् ।

प्रकाशित मिति १५ असार २०७६, आईतवार १२:२५

हामीलाई फेशबुकमा लाइक गर्नुहोस