सन्दिप लामिछानेले किने १० लाखको बाईक

काठमाडौं ।

नेपाली क्रिकेट जगतमा चिरपरिचित नाम हो सन्दिप लामिछाने । उनी इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर आइतबार स्वदेश फर्किएका छन् । र स्वदेश फर्के लगत्तै उनले झन्डै १० लाख खर्चेर नयाँ बाइक किनेका छन् ।

मंगलबार उनले सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन् । बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ ।

बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराड नारायणचौर नक्सालका व्यापार प्रतिनिधिले विजेश थापाका अनुसार सन्दीपले सोमबार सोही सो रूमबाट बाइक किनेका हुन् ।

गत वर्ष पहिलो पटक आइपिएल खेलेका सन्दीप त्यसपछि संसारभरका टि–ट्वान्टी लिगमा छाएका थिए । यसपालि दिल्लीबाट उत्कृष्ट प्रदर्शन गर्न नसके पनि उनको टिम तेस्रो बनेकाले सन्दीपले २० लाख पारिश्रमिक सहित झन्डै ५५ लाख रूपैयाँ पाउने भएका छन् ।

बीएमडब्लू कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको बाइक किनेसँगै मंगलबार फेसबुकमा ‘परिवारमा नयाँ सदस्य’ थपिएको भन्दै उनले आफ्नो नयाँ बाइकको फोटो सार्वजनिक गरेका छन् । यसअघि टाटा मोटर्सले उनलाई ब्रान्ड एम्बेस्डर बनाउँदै टिगोर कार उपहार दिएको थियो ।

प्रकाशित मिति १ जेष्ठ २०७६, बुधबार ०१:४७

हामीलाई फेशबुकमा लाइक गर्नुहोस