मर्यादित महिनावारी, सबैकाे जिम्मेवारी बिषयक कार्यक्रम सम्पन्न पूरा हेर्नुहोस

सचिन्द्र श्रेष्ठ,बागलुङ मर्यादित महिनावारी, सबैकाे जिम्मेवारी बिषएमा पहिलाे पटक जिल्ला स्तरीय सराेकारवालाहरु र नागरीक समाज बिच संवाद कार्यक्रम सम्पन्न भयाे। सत्कर्म नेपाल,बागलुङकाे आयाेजना र अामा मिलन केन्द्र र महिला मानव अधिकार रक्षक संजालकाे सहकार्यमा सम्पन्न कार्यक्रममा बाेल्दै सत्कर्म नेपालका प्रमुख सल्लाहकार एवं बिज्ञ अभियान्ता राधा पाैडेलले महिनावारी भनेकाे छुट्टिनु भएकाेले यसकाे असरले महिला र मानव मर्यादा पुर्वक जीउने अधिकार बाट बंचित रहेकाे बताईन।

उनले महिनावारीकाे रगत बिटुलाे र अपबित्र नहुने बारे बिस्तृत बताउदै यहि गलत मान्यता बाट सानै बाट महिला सर्ने र पापि अधर्मि भएकाे महशुस हुने बताईन।मर्यादित जीवनयावनकाे लागि संबिधानकाे माैलिक हक र कानुनले अधिकार दिएकाेले मर्यादित भएर जिउन अघि बड्नु पर्ने र उनले मर्यादित जिवनमा सबैकाे जिम्मेवारी बनाउन स्वास्थ्य शिक्षा,वातावरण,लगायतमा मर्यादित महिनावारी मैत्रि हुनु पर्ने बारे व्याख्या गरिन।

महिलाले प्रयाेग गर्ने प्याडहरुकाे प्रशिक्षण दिदै आफुले अर्गानिक प्याड बनाएकाेले आजकाे आयाेजक संस्थाहरु संग समन्वय गरि जैविक औषधिका साथ प्याड उपलब्ध हुने बताईन।कार्यक्रममा राजनैतिक प्रतिनिधि, कानुन ब्याबसायि, नागरिक समाज, शिक्षक, बुद्विजिबि, महिला मानब अधिकार रक्षक, महिला अभियान्ता, प्रहरी, कर्मचारी सामाजिक अभियान्ता र स्थानिय महिलाहरुकाे समेत सहभागिता रहेकाे थियाे। सहजिकरण गर्दै बिज्ञ अभियान्ता राधा पाैडेलले महिनावारीकाे समस्या, मर्यादित महिनावारी र मानव अधिकार, महिनावारी र हिंसा, कानुनि प्राबधान, समाधानकाे बिकल्पहरु र सबै सराेकारवालाले खेल्नु पर्ने भुमिका बारे उल्लेख गरिन।

कार्यक्रममा बाेल्दै अभियान्ता सीताराम थापाले जाति, लिंङ्ग, धर्म र संस्कृतिले ६० वटा भन्दा बढि छुट्टिनु नपर्ने भए पनि छुट्टिनु पर्ने गलत संस्कार रहेकाेले निरन्तर अभियान गर्ने बताए। कार्यक्रममा नागरिक समाजका संयाेजक अधिबक्ता काजिगाउले श्रेष्ठ, उच्च अदालत बारका अध्यक्ष अधिबक्ता हरी शर्मा, महिला राजनितिज्ञ सकुन्तला शर्मा, मञ्जु क्षेत्री, महिला मानव अधिकारकर्मि गुमा छन्त्याल लगायतले जिज्ञासा सहित अाफ्नाे बिचार राख्नु भएकाे थियाे।सत्कर्म नेपालका अध्यक्ष सीताराम थापाकाे अध्यक्षता, महिला मानव अधिकार रक्षक संजाल एवं अामा मिलन केन्द्रकि ज्ञानु थापामगरले संचालन गरेकि थिईन।

 

प्रकाशित मिति २८ बैशाख २०७६, शनिबार १९:४६

हामीलाई फेशबुकमा लाइक गर्नुहोस